सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत विभिन्न पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिका लागि ५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको अनुमानित लागतमा ६ वटा निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको छ।
गाउँपालिकाको कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (NCB) प्रक्रियामार्फत निर्माण कार्य अघि बढाउन लागिएको हो।
आह्वान गरिएका आयोजनामध्ये वडा नं. १ मा अमले स्वास्थ्य चौकी भवन निर्माणका लागि ७० लाख ४ हजार ५ सय ४७ रुपैयाँ, वडा नं. ३ मा सातदोबाटो–लाप्से–सोलाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि १ करोड ८० लाख १६४ रुपैयाँ तथा वडा नं. ४ र ५ मा रामपुर–रामभेडे–जुगेपानी सडक स्तरोन्नतिका लागि १ करोड ७५ लाख १ हजार १६५ रुपैयाँ अनुमान गरिएको छ।
त्यस्तै, वडा नं. ४ को रामपुर काली दोभान–मधुवन सडक निर्माणका लागि २० लाख ४ हजार १८९ रुपैयाँ, वडा नं. ५ आपडाँडा रामपुरस्थित नेत्रकाली माध्यमिक विद्यालय पूर्वाधार निर्माणका लागि २० लाख १७ हजार ७७ रुपैयाँ र सोही विद्यालयमा घेराबेरा तथा शौचालय निर्माणका लागि ९२ लाख १ हजार ६०६ रुपैयाँ अनुमानित लागत तोकिएको छ।
बोलपत्र कागजात गाउँपालिकाको कार्यालयबाट रु. ३ हजार गैरफिर्ता हुने शुल्कमा प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ। इच्छुक योग्य निर्माण व्यवसायी तथा फर्मले २०८३ असोज १५ गते (१ अक्टोबर २०२६) दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो १ बजे गाउँपालिकाको कार्यालयमा खोलिनेछ।
बोलपत्रसम्बन्धी पूर्व-बोलपत्र बैठक २०८३ असोज ७ गते (२३ सेप्टेम्बर २०२६) दिउँसो १ बजे गाउँपालिकाको कार्यालय हायुटारमा हुने जनाइएको छ। बोलपत्रको वैधता अवधि ९० दिन र बोलपत्र जमानतको वैधता अवधि १२० दिन तोकिएको छ।
यसअघि पनि घ्याङलेख गाउँपालिकाका सडक तथा विद्यालय पूर्वाधारसम्बन्धी यस्तै निर्माण कार्यका बोलपत्र सार्वजनिक रूपमा सूचीकृत हुँदै आएका छन्।