घ्याङलेखमा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

bulbulnews.com

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा स्थानीय शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका विषयमा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

आज गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनको अध्यक्षता तथा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

स्थानीय स्तरमा शान्ति–सुरक्षा सुदृढ गर्ने, अपराध नियन्त्रण तथा न्यूनीकरण गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय शान्ति–सुरक्षा, नागरिकका गुनासा तथा अपेक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहलगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सहभागी नागरिक तथा सरोकारवालाहरूले स्थानीय शान्ति–सुरक्षा, सार्वजनिक सेवा, विकास निर्माण तथा सुशासनसँग सम्बन्धित विभिन्न गुनासा, सुझाव तथा अपेक्षाहरू प्रस्तुत गरेका थिए। प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बोधन गर्दै स्थानीय तहमा सुरक्षित, पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायबीच थप समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शंकरमान घलान, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह, प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, वडा अध्यक्षहरू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुलीका उपनिर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक बिल बहादुर फोजु, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले स्थानीय सरकार, सुरक्षा निकाय तथा नागरिकबीच समन्वय, सहकार्य र विश्वास अभिवृद्धि गर्दै स्थानीय शान्ति–सुरक्षा तथा सुशासन सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।

प्रतिक्रिया