घ्याङलेख गाउँपालिकामा ट्याक्टर दुर्घटना, चालक घाइते

bulbulnews.com

सिन्धुली, वैशाख ३१ — सिन्धुलीको घ्याङलेख गाउँपालिका १ टुनिभञ्ज्याङ्ग क्षेत्रमा आज दिउँसो सिमेन्ट लोड गरिएको ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बस्तिपुरका अनुसार करिब दिउँसो २ बजे सिन्धुली सदरमुकाम बाट घ्याङलेख २ बस्तिपुर तर्फ जाँदै गरेको ना.६ त १९३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा कमलामाई नगरपालिका ८ तिनतले सिन्धुलीका २३ वर्षीय विष्णु थीङ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तिपुर बाट प्रहरी सहायक निरीक्षक बुनिलाल महत्तोको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

घटनास्थल इलाका प्रहरी कार्यालय बस्तिपुरबाट करिब ७ किलोमिटर पूर्व क्षेत्रमा पर्ने जनाइएको छ। अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया