जनजागृती मावि गोपेबाट ३१ विद्यार्थी उत्तीर्ण

bulbulnews.com

सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ स्थित श्री जनजागृती मावि गोपे ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ७९.४८ प्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी ३९ जना विद्यार्थीहरूमध्ये ३१ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन्।

विद्यालयले सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै विद्यालयको शैक्षिक उपलब्धिमा योगदान पुर्‍याउने शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरिएको छ।

विद्यालय प्रशासनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक नतिजाका लागि निरन्तर प्रयास जारी रहने जनाएको छ।

प्रतिक्रिया