घ्याङलेख गाउँपालिका द्वारा १५ जना शिक्षित छोरीबुहारीलाई सम्मान गरिने

bulbulnews.com

सिन्धुली, असार ९ – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले “घ्याङलेखको छहारी शिक्षित छोरीबुहारी” कार्यक्रमअन्तर्गत छनोट भएका १५ जना छोरीबुहारीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गर्ने भएको छ।

गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमका लागि छनोट भएका छोरीबुहारीहरूलाई गाउँसभाको विशेष अवसरमा सम्मान गरिने गाउँपालिकाले जनाएको छ। सम्मान कार्यक्रम असार १० गते बिहान ११ बजेदेखि घ्याङलेख गाउँपालिकाको सभाहलमा आयोजना हुने तय गरिएको छ।

सम्मानित हुनेहरूमा सुमिता भोलन, समली तामाङ योन्जन, निमिशा पुलामी, सविता विश्वकर्मा, प्रजुना थापा, रोशनी चुमी मगर, नम्रता थामी, इच्छा कुमारी बम्जन, रेनुका बम्जन थापा, उर्मिला वि.क., अन्जना पुलमी, लक्ष्मी वि.क., रमा वि.क., सुनिता वि.क. र मनिषा कुमारी भोलन रहेका छन्।

गाउँपालिकाले सम्मानित हुने सबै छोरीबुहारीलाई निर्धारित समयमै कार्यक्रममा उपस्थित भई सम्मानपत्र ग्रहण गर्न अनुरोध गरेको छ।

समाजमा शिक्षा, चेतना र सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले शिक्षित छोरीबुहारीको योगदानको कदर गर्दै हरेक वर्ष सम्मान गर्ने गरेको छ।


प्रतिक्रिया