सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुग्रेबासमा शुक्रबार राति सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
वि.पी. राजमार्गअन्तर्गत गर्दुवा खोला पुल नजिक चियाबारीबाट ढुग्रेबासतर्फ मोडिँदै गरेको ट्रक र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बा ४ ख ९५७७ नम्बरको ट्रकसँग ठोक्किँदा ज ३ प ७४९० नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन्। घाइते हुनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ चालिसेका ४० वर्षीय जित बहादुर स्याङ्वा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार घाइते स्याङ्वाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ।
09 April 2026