काठमाडौँ – ललितपुरको सातदोबाटोस्थित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका चार जना सञ्चालक पक्राउ परेका छन्। बचतकर्ताहरूको रकम फिर्ता नगरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ६१ वर्षीय इमानसिंह राई, चितवनको भरतपुर महानगरपालिका–२५ घर भई काठमाडौं–६ बौद्ध बस्ने ४२ वर्षीय लालबहादुर क्षेत्री, मानेभञ्ज्याङ–१ घर भई ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ५९ वर्षीय कर्णबहादुर राई तथा मानेभञ्ज्याङ–३ घर भई भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३९ वर्षीय अबिनकुमार राई रहेका छन्।
उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।