सिन्धुलीको घ्याङलेखमा जेन्जी कप २०८३ सञ्चालन हुने

bulbulnews.com

सिन्धुली, घ्याङलेख — सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका मा ‘प्रगतिशील युवा समाज’को आयोजनामा ‘जेन्जी कप २०८३’ सञ्चालन हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर युवाहरूबीच एकता, भाइचारा तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिता वैशाख १ गतेदेखि ३ गतेसम्म वडा नं. २ स्थित खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताअन्तर्गत फुटबल र भलिबल खेल समावेश गरिएको छ।

पुरस्कार विवरण: फुटबलतर्फ विजेताले रु. ५० हजार र उपविजेताले रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भलिबलतर्फ विजेतालाई रु. ३० हजार र उपविजेतालाई रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, स्पाइकर तथा सेटरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

खेल नियमावली: फुटबल खेल ९–९ खेलाडीको हुनेछ भने भलिबलमा प्रत्येक टिममा ९ खेलाडी (६ मुख्य र ३ वैकल्पिक) रहने व्यवस्था गरिएको छ। खेलहरू निर्धारित समयमै सञ्चालन गरिनेछ र अनुशासन उल्लङ्घन गरेमा रेफ्रीले आवश्यक कारबाही गर्ने जनाइएको छ।


दर्ता प्रक्रिया : प्रतिटिम दर्ता शुल्क रु. २ हजार तोकिएको छ। दर्ता गर्ने अन्तिम मिति २०८२ चैत्र ३० गते बेलुका ५ बजेसम्म रहेको छ। सोही दिन बेलुका ६ बजे टाई–सिट सार्वजनिक गरिने आयोजकले जनाएको छ। खेल तालिकाअनुसार १५ मिनेटभन्दा ढिला उपस्थित हुने टिमलाई वाकओभर दिइनेछ।

प्रतिक्रिया