फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन सामग्री तथा कर्मचारी बोकेर रामेछाप नगरपालिका–२, देउरालीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको छ।
दुर्घटनामा एक जना प्रहरी कर्मचारीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। सो जानकारी वडा नं. २ का वडा अध्यक्ष निरकुमार श्रेष्ठले दिएका हुन्।
उनका अनुसार निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको नम्बर खुल्न नसकेको महेन्द्र निसान गाडी वडा कार्यालय नजिकै रहेको स्वमिडाँडाको उकालो मोडमा ब्रेक फेल भई पल्टिएको आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
02 March 2026