भ्रामक समाचारप्रति नेपाली काँग्रेसको आपत्ति, कारबाही प्रक्रिया अघि बढाइयो

bulbulnews.com

सिन्धुली — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा प्रकाशित एक समाचारप्रति नेपाली काँग्रेस, जिल्ला कार्य समितिले गम्भीर आपत्ति जनाएको छ।

सिन्धुलीबाट दैनिक प्रकाशन हुने मिडिया सिन्धुली सौगातले मिति २०८२ फागुन १८ गते अनलाइनमा प्रकाशित “खरिद बिक्रीसँग म्याच फिक्सिङ कार्ड प्रयोग” शीर्षकको समाचार तथ्यहीन र भ्रामक रहेको काँग्रेसले दाबी गरेको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समाचारले पत्रकारिता तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेको उल्लेख गर्दै कुनै आधार र प्रमाणविना व्यक्तिगत रूपमा आक्षेप लगाइएको जनाएको छ।

जिल्ला कार्य समितिले सो समाचारप्रति घोर आपत्ति जनाउँदै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ। साथै, पार्टीमा आस्था राख्ने नेता–कार्यकर्ता तथा समर्थकहरूलाई विचलित नहुन र आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरिएको छ।

प्रतिक्रिया