सिन्धुली — नेपाली काँग्रेसले आफ्ना महाधिवेशन प्रतिनिधि खड्गबहादुर वाइबालाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
पार्टीका अनुसार, वाइबा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा पार्टीका उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको तथा सुशिला थिङ (सिन्धुली क्षेत्र नं. २) विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेको आरोपमा कारवाही गरिएको हो।
मिति २०८२ फागुन ८ गते बसेको केन्द्रीय अनुशासन समितिको बैठकले वाइबालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको जनाइएको छ।
पार्टीले आफ्ना सम्पूर्ण क्रियाशील सदस्य, भ्रातृ संगठन तथा शुभेच्छुकहरूलाई वाइबालाई निर्वाचनमा सहयोग नगर्न अनुरोध समेत गरेको छ।
03 March 2026